


तनहुँ । जापनीज नागरिक युसुके फुरुयाको सहयोगमा तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित उपल्लो फाँट नाहालाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
सोही ठाउँमा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाकाको अभिभावकलाई जापनीज नागरिकको सहयोगमा शनिबार खाद्यान्न वितरण गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा र जापनीज नागरिकले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गर्नुभयो । सो क्रममा चेपाङ, मगर र गुरुङ ५४ विपन्न घरधुरीलाई खाद्यान्न वितरण गरिएको थियो ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, सोही विद्यालयका शिक्षिका कल्पना पौडेल लगायतले जापनीज नागरिकको कार्य सराहनीय रहेको उल्लेख गर्नुभयो । उक्त ठाउँमा खाद्यान्न सहयोग गर्नका लागि गोकुल भुजेलले समन्वय गर्नुभएको थियो ।