व्यासका जनप्रतिनिधि, कर्मचारी लगायत सबैको रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका जनप्रतिनिधि, कर्मचारी लगायत सबैको रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सवारी चालक लगायत ४४ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेकाले जोखिममा रहेका जनप्रतिनिधि, कर्मचारी, सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी, सवारी चालक लगायतको स्वाब सङ्कलन गरी पोखरामा परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

    नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, प्राविधिक, लेखा शाखाका कर्मचारी, योजना शाखाका कर्मचारी, सरसफाईमा खटिने कर्मचारी, सवारी चालक, क्यान्टिन सञचालक, सहायता कक्षका स्वास्थ्यकर्मी लगायत सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

    जनतासँग बढी सम्पर्कमा आउने र जोखिममा रहनेहरुको पहिलो चरणमा स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।