मुख्यमन्त्रीद्वारा प्रहरी तालिम केन्द्रकाे अवलाेकन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्रीद्वारा प्रहरी तालिम केन्द्रकाे अवलाेकन

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरुको शनिबार अवलोकन गर्नभएकाे छ । साे अवसरमा मुख्यमन्त्री गुरुङले तालिम केन्द्रको गुरुयोजनाका वियषमा समेत छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

    ज्ञान, कला, कौशल र सीपले भरिपूर्ण प्रहरी कर्मचारीहरु उत्पादन गर्ने र अन्तराष्ट्रिय स्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा उक्त तालिम केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरुको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरी आगामी कार्ययोजना तय गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजन गरिएको थियो ।

    कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भईरहेका विविध गतिविधिहरु, विभिन्न विधाका प्रशिक्षणहरु, निर्माण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र संचालनका लागि तत्काल आवश्यक स्रोतसाधन लगायतका विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराउनुभएकाे थियाे ।

    Image may contain: 1 person, sitting, closeup and indoor

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले उक्त तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना प्रहरी तालिम केन्द्रका रुपमा स्थापना गरि थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने गरि निर्माणकार्य अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

    Image may contain: one or more people, shoes and outdoor

    कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायतले उक्त तालिम केन्द्रको निर्माणसँग सम्बन्धित आ-आफ्न राय तथा सुझाव समेत व्यक्त गर्नुभएको थियो ।