


तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे व्यास नगरपालिका-४ प्रेमचाैतारा नजिक माेटरसाइकलकाे ठक्करले शनिबार पैदलयात्री घाइते हुनुभएकाे छ । घाइते हुनेमा साेही ठाउँ बस्ने ५६ वर्षीय दामाेदर पाैडेल रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
प्रदेश ३-०२०१२ प ७९७९ नं काे माेटरसाइकलकाे ठक्करबाट घाइते पाैडेलकाे दमाैली अस्पतालमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।