शनिबार थपिए ३७८ काेराेना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शनिबार थपिए ३७८ काेराेना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    काठमाडाै । शनिवार नेपालमा ३७८ जनामा काेराेना सङ्क्रमित थपिएका छन् । कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको जानकारी दिनुभयाे ।

    कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । पछिल्लो विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या ३ जना थप भएको छ । गण्डक अस्पताल वीरगञ्जमा १ पुरुष, कोशी अस्पताल विराटनगरमा १ पुरुष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १ महिलाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।

    हालसम्म देखिएका सङ्क्रमितमध्ये १६ हजार ३१३ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका प्रवक्ता गौतमले बताउनुभयाे ।