पहिचान भनेकाे नाम मात्रै हाेइन, भाषा, संस्कृति र कला पनि हाे : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिचान भनेकाे नाम मात्रै हाेइन, भाषा, संस्कृति र कला पनि हाे : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    पाेखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले पहिचान भनेकाे नाम मात्रै नभएकाे बताउनुभएकाे छ । २६ औ विश्व आदिवासी दिवसकाे अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेश समन्वय परिषद् र नेपाल आदिवासी जनजाति महासङ्घ कास्की समन्वय परिषद्ले आइतबार आयाेजना गरेकाे अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले पहिचान भनेकाे भाषा, संस्कृति, सीप र कला पनि भएकाे उल्लेख गर्नुभयाे ।

    मन्त्री गुरुङले संविधानभित्र रहेर जनजातिका अधिकार प्राप्तिकाे लागि जनजातिलाई कसरी अगाडी बढाउन सकिन्छ त्यसतर्फ साेच्न आवश्यक रहेकाेमा जाेड दिनुभयाे । उहाँले भन्नुभयाे, “हाम्रा संस्कृति र पहिचानहरु सबैले गर्व गर्ने खालका छन् । तिनको सत्य, तथ्य खोजी गरेर प्रमाणका आधारमा अगाडि बढ्नुपर्दछ ।”

    Image may contain: 1 person, standing

    साे अवसरमा पूर्व राज्यमन्त्री इन्द्र गुरुङ आदिवासी जनजाती आन्दोलनका अग्रज झक बहादुर थापालाई मन्त्री गुरुङले सम्मान गर्नुभएकाे थियाे ।