पोखरा । कास्की वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले गॉजा सहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपलिका-१० शिवमार्गबाट १ किलो २०० ग्राम लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका-४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका-१० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर बि.क. र धादिङ सिद्धलेक गाउँपालिका-६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने २३ वर्षिय रोहित घले रहेका छन् ।
पोखरा महानगरपालिका-१० शिवमार्ग स्थित केहि व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका निजहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।