तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षण अनुसार दुई पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
बन्दीपुर गाउँपालिका-६ का १९ र बन्दीपुर गाउँपालिका-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो।
बन्दीपुरमा दुई जना कोरोना सङ्क्रमित थपिएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ भने निको हुनेको सङ्ख्या १७६ छ ।