कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७७, शुक्रबार

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ ।

    पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिनुभयो ।

    मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

    यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

    सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ ।

    नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । वैशाखमा भारतबाट फर्किने नेपालीहरु बढेसँगै संक्रमण तीव्र गतिमा बढ्यो ।