सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७७, शनिबार

    सिन्धुपाल्चाेक . सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको जानकारी दिनुभयाे । लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रजिअ ढकालले बताउनुभयाे ।

    लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयाे । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।