स्वेच्छिक रुपमा सदस्यता त्याग्न महासङ्घको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वेच्छिक रुपमा सदस्यता त्याग्न महासङ्घको आग्रह

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँले हाल सञ्चारकर्मीमा क्रियाशील नरहेकाहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरेको छ । शाखाको शनिबार सम्पन्न बैठकले पत्रकार महासङ्घको सदस्य रहनुभएका तर हाल क्रियाशील नरहेकाहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अनुरोध गरेको हो ।

    शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा बसेको बैठकले सदस्यता शुद्धीकरण गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शाखामा नयाँ सदस्यताका लागि आवेदन प्राप्त भएको र सो आवेदन उपर छानबिन गरी पाँचदिनभित्र प्रतिवेदन दिने गरी अध्यक्ष आचार्यको संयोजकत्वमा सचिव उज्ज्वल पौडेल र सहसचिव कृष्ण न्यौपाने सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

    बैठकले सञ्चारक्षेत्रमा अग्रपङ्क्तिमा क्रियाशील सञ्चारकर्मीहरुको पिसीआर परीक्षण गर्नका लागि सरोकारवाला निकायसँग माग गर्ने निर्णय गरेको सचिव पौडेलले जानकारी दिनुभयो । बैठकले कोरोना महामारीले सबै क्षेत्रको जस्तै स्थानीय सञ्चारमाध्यमहरु पनि सङ्कटमा रहेकाले जिल्लास्थित विषयगत कार्यालय, स्थानीय तह लगायत सबै सरोकारवाला निकायलाई सञ्चारमाध्यम प्रबद्र्धन हुने कार्यक्रम ल्याई सहयोग गर्न आग्रह गरेको छ ।