लकडाउनले पारेको प्रभावबारे अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    लकडाउनले पारेको प्रभावबारे अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । गएको चैते दोस्रो सातादेखी साउन पहिलो सातासम्म मुलुकमा कोरोना भाईरसको संक्रमण फैलन नदिनलाई लकडाउन गरियो । त्यो अवधीमा अत्यावश्यक बाहेकका व्यपार व्यवसाय बन्द भए । साउन ६ गते मध्यरातीदेखी लकडाउन खुलेपनि व्यवसाय साधारण अवस्थामा फर्कन सकेको छैन् । व्यवसाय प्रभावित हुदाँ बैंक तथा वित्तिय संस्थाहरु पनि धरासयी भएका छन् ।
    यस्तो अवस्थामा कसरी व्यवसायी र बैकको सम्बन्ध सुर्धान सकिन्छ भनेर शुक्लागण्डकी उद्योग वाणिज्य संघले व्यवसायमा लकडाउनले पारेको प्रभाव र वित्तिय संस्थाको भुमिकाबारेमा अन्तरक्रिया गरेको छ ।


    शुक्रबार दिउँसो दुलेगौडास्थित होटल मिडटाउनमा भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरीकुमार श्रेष्ठले व्यवसाय र बैंकिङ क्षेत्रमा जोखिम बढेकाले सुरक्षित भएर सेवा प्रवाह गर्नुपर्ने बताए । उनले सरकारले करमात्रै लिएको तर व्यवसायीको स्वास्थ्यको ग्यारेन्टि नगरेको बताउनुभयो । व्यपार व्यवसाय नचल्दा बैंक तथा वित्तिय संस्थामा पनि प्रभाव परेकाले दुवै क्षेत्रले समन्वय गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।


    नविल बैंक दुलेगौडाका शाखाका प्रबन्धक प्रदिप पौडेलले व्यपार व्यवसायमा जस्तै बैंकिङ क्षेत्रमा पनि जटिल परिस्थिती सिर्जना भएको सुनाउनुभयो । व्यवसायीलाई ऋण तिर्न दबाब दिन नहुने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग बढाएर ग्राहकलाई डिजिटल सेवामा आर्कर्षित गर्ने अवसर भएको धारणा राख्नुभयो ।


    सो अवसरमा यहाँ रहेको करिब दुई दर्जन बैंकका प्रतिनिधीले आफ्ना संस्थाले लकडाउनपछि ग्राहकका लागी दिएको छुट, सेवासुविधाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव नारायाण श्रेष्ठले र स्वागत बरिष्ठ उपाध्यक्ष बिमलप्रसाद रिमालले गर्नुभएको थियो ।