तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका क्वारेन्टिन र समुदायका व्यक्तिमा कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालयको क्वारेन्टिनका १६, सरस्वती नमूना माध्यमिक विद्यालय क्वारेन्टिनका ८, होम क्वारेन्टिनका ६ र कन्ट्याक्ट ट्रेसिङम् परेका ८ जनाको स्वाव परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।
उहॉका अनुसार साउन ३० गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।