ऑबुखैरेनीका २० जनाको रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका २० जनाको रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका २० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट १७ पुरुष र ३ महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार साउन २९ गते उनीहरुको स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट भने आइतबार प्राप्त भएको गाउँपालिकाले जनाएको छ।