रु सात लाख जरीवाना ताेकिएका रुद्र पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    रु सात लाख जरीवाना ताेकिएका रुद्र पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    तनहुँ । जालसाजी मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–२ बस्ने ७२ वर्षीय रुद्रबहादुर कामी रहेका छन् ।

    निज विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७४ भदौ ४ गते रु सात लाख २५ हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका कामीलाई आइतबार जिल्ला अदालत तनहुँ समक्ष पेश गरिएको छ ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको छ ।