गण्डकीमा थपिए ६ वर्षीय बालक सहित ८ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ६ वर्षीय बालक सहित ८ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    पाेखरा । गण्डकी प्रदेशमा ८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार कास्की, नवलपुर र बागलुङका ५ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका वडा नं नखुलेका ५०, २५ वर्षीया महिला, वडा नं ६ का २३ र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं २ का १४ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नं २ का २५ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना पुष्टि भएको छ ।
    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ६४ पुगेको छ ।