ब्रेकिङ : पोखरामा मृत्यु भएकी तनहुँकी महिलामा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ब्रेकिङ : पोखरामा मृत्यु भएकी तनहुँकी महिलामा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । पोखराको कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँकी एक महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका-१ अम्रेनी निवासी ५० वर्षीया ती महिलामा मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

    उनको सोमबार राति साढे ११ बजे निधन भएको स्रोतले जनाएको छ । ती महिला मधुमेह र निमोनियाको बिरामी थिइन् । उनी साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । उनकाे २५ वर्षीय छाेरीमा समेत काेराेना पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

    ती महिलाकाे आइसियुमा उपचार भइरहेकाे थियाे । अस्पतालका निर्देशक डा‍. पदमबहादर खड्का अनुसार साेमबार बिहान उनकाे स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकाे थियाे ।

    याेसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    पाेखरा जानु अघि दमाैलीकाे मेडिकलमा उपचार

    पाेखरा जानु अगाडी ती महिलाले दमाैलीकाे एक मेडिकलमा उपचार गराएकाे खुलेकाे छ । उक्त मेडिकलमा दुई/तीन दिन उपचार पश्चात उनी पाेखरा गएकाे स्राेतले जानकारी दिएकाे छ ।