कोरोनाबाट पोखराका ८७ वर्षीय वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कोरोनाबाट पोखराका ८७ वर्षीय वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । पोखरा महानगरपालिका–१६ निवासी ८७ वर्षीय वृद्धको मंगलबार कोरोनाबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ३२ गतेदेखि उपचाररत ती वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो ।

    साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई उपचारका लागि आएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगबाट पीडित रहेको प्रतिष्ठानका सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाबाट उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज चौथो संक्रमित हुन् ।

    यसैगरी सोमबार राति मात्रै तनहुँको व्यास नगरपालिका–१ निवासी ५० वर्षीया महिलाको कास्की सेवा हस्पिटलमा कोरोनाबाट मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    Image may contain: text