तनहुुँ । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा पुगेकी छोरीमा पनि संक्रमण देखिएको हो ।
व्यास नगरपालिका-१ अम्रेनीकी ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयाे । मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीया महिलामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी मृत्यु भएकी ५० वर्षीया आमा र २५ वर्षीया छोरीचाहिँ सक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पुष्टि गरेको छ ।
बिरामी भएर पोखरा पुगेका उनीहरु हस्पिटल चोकस्थित कास्की सेवा हस्पिटलमा पुगेका थिए । उनीहरु दुवै जनाको पोखरामै स्वाब नमुना लिएर परीक्षण गरिएको थियो । ‘मंगलबार बिहान आमा–छोरीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ,’ जनस्वास्थ्य प्रमुख आचार्यले भन्नुभयाे । अहिले उनीहरुको कन्ट्याक ट्रेसिङको तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ ।
मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, पे्रसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको व्यास नगरपालिका-१ का वडाध्यक्ष खरसिंह दरैले जानकारी दिनुभयाे । अस्पताल ल्याइपुर्याउँदा स्वास्थ्य निकै कमजोर भइसकेको थियो ।