सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, मंगलवार

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहका अनुसार वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हो । क

    ेही दिनअघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखापरेको थियो । उनी किराना पसल व्यवसायी हुन् । उनकै कन्ट्याक ट्रेसिङको आधारमा परिवारका सदस्यहरुको साउन २८ गते स्वाब संकलन गरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको मेयर साहले बताउनुभयाे ।

    मेयर साहका अनुसार संक्रमण पुष्टि हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला छन् । संक्रमण पुष्टि भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरुलाई होम आइसोलेसनमै राखेर निगरानी गरिने मेयर साहले जानकारी दिनुभयाे ।

    यसअघि संक्रमण पुष्टि भएका २८ वर्षीय युवक अधिकांश समय पसलमै बस्ने गरेको पाइएको छ ।  उनी बाहिर कतै नगएको पाइएको मेयर साहले जानकारी दिनुभयाे । एकै परिवारका ८ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका अन्य तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    वडा नम्बर १ का ४० वर्षीय पुरुष, वडा नम्बर ७ की ३१ वर्षीया महिला र वडा नम्बर १० का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेको छ ।