काेराेनाबाट वीरगञ्ज र धरानमा तीनकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    काेराेनाबाट वीरगञ्ज र धरानमा तीनकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बुधबार

    काठमाडाै । कोरोना भाइरस संक्रमणका कारण बुधबार पर्साको वीरगञ्‍जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे  मृत्यु भएको थियो । उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पताल प्रयोगशालाले जानकारी दिएको छ ।

    यसैगरी कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे ।

    धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

    उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।