पहिराले घर पूर्ण क्षति भएकालाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    पहिराले घर पूर्ण क्षति भएकालाई राहत

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : केही समय अगाडी आएको पहिराले घर पूर्ण क्षति भएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत रकम वितरण गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ धरमपानीका पाँच घरपरिवारलाई गाउँपालिकाले प्रति घर रु ३० हजारका दरले राहत रकम वितरण गरेको हो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले स्थानीय मोहनकुमार श्रेष्ठ, नवराज गुरुङ, कर्णसिं राना, पूर्णबहादुर थापा, डम्बरसिं गुरुङलाई जनही रु ३० हजारका दरले राहत रकम बिहीबार वितरण गर्नुभयो । साथै उनीहरुलाई लत्ताकपडा, खाना पकाउने भाडा लगायतका सामग्री पनि हस्तान्तरण गरिएको छ ।

    गत असार २९ र त्यसपछि आएको पहिराले घर भत्किएकालाई गाउँपालिकाले राहत दिने निर्णय गरेको थियो । थापाका अनुसार पूर्ण रुपमा घर क्षति भएकालाई प्रति घर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रति घर रु १० हजारका दरले राहत दिइनेछ । साथै बाढीले खेत बगर भएका किसानलाई प्रति रोपनी रु दुई हजारका दरले राहत दिने तयारी गरिएको उहाँले बताउनुभयो ।