चितवन : चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको सम्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।