दुई मिर्गौला पीडितलाई गुरुङ परिवारको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुई मिर्गौला पीडितलाई गुरुङ परिवारको सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ स्थित व्यास युथ क्लवको सहकार्यमा सोही वडा निवासी हाल जापानमा रहनुभएका हरि गुरुङ र श्रीमती फूलमाया गुरुङले दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

    उहॉहरुले दुवै मिर्गौला फेल भएर उपचार गराइरहनुभएका रामलाल श्रेष्ठलाई रु १५ हजार र अब्दुल गफ्फार मियॉलाई रु १० हजार सहयोग गर्नुभएको हो ।

    उक्त रकम उहॉहरुका आमा भिमकुमारी गुरुङ, छोरा अङ्कित गुरुङ, सामाजिक अभियान्ता लक्ष्मीभक्त खनाल, व्यास युथ क्लवका अध्यक्ष मिनबहादुर गुरुङले सामूहिक रुपमा मिर्गौला पीडितलाई हस्तान्तरण गर्नुभएको छ ।

    व्यास युथ क्लवले मिर्गौला पीडितलाई सहयोग जुटाउन अभियान सञ्चालन गरेको छ । मिर्गौला पीडितलाई सहयोग गरेकामा क्लवले गुरुङ परिवारप्रति आभार व्यक्त गरेको छ ।