चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । हरितालिका तीज पर्वका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    सन्देशमा उहाँले नेपालमा मनाइने मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु¥याउँदै आइरहेको चर्चा गर्नुभएको छ । मुख्यमन्त्रीले तीज पर्वले समेत सबै जातजाति र समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाउनुभएको छ ।

    “पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव, असमानता र अत्याचारको विरुद्ध गीत सङ्गीतको माध्यमबाट आवाज बुलन्द गर्न तीज पर्वको महत्वपूर्ण भूमिका र चाडले दिदीबहिनी तथा दाजुभाइकोबीचमा सौहार्दपूर्र्ण सम्वन्ध कायम गरेको छ ।” मुख्यमन्त्री गुरुङले सन्देशमा भन्नुभएको छ । कोभिड–१९ सङ्क्रमण अझै पनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।