बन्दीपुरमा एक हप्ता लम्बियो लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा एक हप्ता लम्बियो लकडाउन

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले लकडाउन थप एक हप्ता लम्ब्याएको छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई लकडाउन लम्ब्याएको हो ।

    गाउँपालिकाले यसअगाडी साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई लकडाउन गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता लडकाउन लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

    बन्दीपुर गाउँपालिका वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैङ्कका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

    गाउँपालिकाले यस अगाडी एक हप्ता गरेको लकडाउन प्रभावकारी बनाउन सहयोग पु¥याउने सङ्घसंस्था, व्यापारी, बैङ्क तथा वित्तीय संस्था, सञ्चारमाध्यम, आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै थप एक हप्ताको लकडाउनलाई पनि पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।