नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, शनिबार

    चितवन : सुख्खा पहिरो आएर शुक्रबार रातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

    राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप निकै कम छ । यस वर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढी पटक पहिरो खसेको छ ।