६९ वर्षीया वृद्धाले जित्नुभयो कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ६९ वर्षीया वृद्धाले जित्नुभयो कोरोना

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका–१ निवासी ६९ वर्षीया वृद्धाले कोरोना जित्नुभएको छ । गत साउन ३० गते कोरोना सङ्क्रमण भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचाररत उहाँ शनिबार कोरोनामुक्त हुनुभएको हो । कोरोना जितेर उहाँ शनिबार नै घर फर्किने तयारीमा रहनुभएका व्यास नगरपालिका–१ का वडा सदस्य चुडामणि दाहालले जानकारी दिनुभयो ।

    पित्तथैलीको शल्यक्रियाका लागि पोखरा जानुभएकी उहाँको साउन २७ गते स्वाब सङ्कलन गरी परीक्षणको गरिएको थियो । कोरोना सङ्क्रमण भएपछि उहाँ पोखरामै उपचाररत हुनुहुन्थ्यो । उहाँलाई कोरोना सङ्क्रमण भएपछि परिवारका परीक्षण गर्दा उहाँका छोरा बुहारी र नाति नातिनीलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    साङ्केतिक तस्वीर