आर्थिक अभावका कारण बालकको उपचारमा समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आर्थिक अभावका कारण बालकको उपचारमा समस्या

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, शनिबार

    तनहुँ : पिसाबथैली र मिर्गौलामा पानी जमेका गोरखा सहिद लखन गाउँपालिका घर भई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी बस्ने एक बालकको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण एक वर्षीय सुशान्त परियारको उपचारमा समस्या भएको हो ।

    अप्रेशन गर्नका लागि पैसा नभएका कारण छोराको उपचारमा समस्या भएको बालकका अभिभावकले जानकारी दिए । ज्यालादारी गरेर परिवार पाल्नुपर्ने बाध्यता रहेपनि हाल कोभिड–१९ कारण काम पनि बन्द भएपछि थप समस्या छ । बालकको उपचारका लागि काठमाडौस्थित कान्ति बाल अस्पताल गएको पनि पैसा नभएपछि उपचार बिनै घर फर्किएका छन् ।

    यसैबीच बालकको अवस्थाका बारेमा जानकारी पाएपछि लियो क्लब अफ आँबुखैरेनी सिटीले आर्थिक सहयोग गरेको छ । क्लवले बालकको उपचारका लागि र ११ हजार सहयोग गरेको हो । उक्त रकम क्लवका प्रथम उपाध्यक्ष प्रशन्न अधिकारी, द्वितीय उपाध्यक्ष शैलेश वाग्ले, कोषाध्यक्ष हरिशचन्द्र केसीले बालकका हजुरबुबालाई शनिबार हस्तान्तरण गर्नुभयो ।

    रामबहादुर धामीकाे सहयाेगमा