कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २८ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २८ लाख

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, आईतवार

    काठमाडौं : कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४९१ पुगेको छ ।

    कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ९५ हजार १३२ पुगेको छ । 

    सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।