राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८३, बुधबार

    एजेन्सी, ६ साउन । भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको रूपमा व्यवहार गर्न नहुने बताएका छन् । उनले उनीहरू देशको भविष्य भएको बताएका छन्।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यार्थीमाथि भइरहेको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाए। ‘हाम्रा विद्यार्थीमाथि यस्तो व्यवहार किन भइरहेको छ? उनीहरूले के गल्ती गरेका छन्? उनीहरूको अगाडि हतियार बोकेका सुरक्षाकर्मी किन उभिएका छन्?’ उनले प्रश्न गरे।

    राहुलले आन्दोलनरत विद्यार्थीहरू आतङ्ककारी नभई देशको भविष्य भएकाले उनीहरूमाथि भएको व्यवहारका लागि जिम्मेवार सबैमाथि कारबाही हुनुपर्ने माग गरे।

    प्रधानमन्त्री निवासअगाडि विपक्षी दलले गरेको प्रदर्शनबारे सोधिएको प्रश्नमा उनले विद्यार्थी सडकमा उत्रिएपछि विपक्ष पनि उनीहरूसँगै सडकमा उभिनुपर्ने ठानेर प्रदर्शन गरिएको बताए।