अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, सोमबार

    काठमाडौं: अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो ।

    कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत लडाइँको हिस्सा भएको बताउनुभयो । उहॉले यस लडाइँबाट धेरैको जीवन जोगाउन सकिने पनि बताउनुभयो ।

    ट्रम्पले प्लाज्मा थेरापीबाट मृत्यु दरलाई ३५ प्रतिशत घटाउन सकिने अनुसन्धानबाट पत्ता लागेको पनि बताउनुभयो । त्यसैले कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न उहॉले आह्वान गर्नुभयो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने पनि विश्वासमेत व्यक्त गर्नुभएको छ ।

    अमेरिकामा विश्वमा सबैभन्दा धेरै ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।