ऋषिङ गाउँपालिकाद्वारा डस्टवीन वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ गाउँपालिकाद्वारा डस्टवीन वितरण

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले विभिन्न वडामा डस्टवीन वितरण गरेकाे छ । गाउँलाई सफा र स्वच्छ राख्न सहयाेग पुर्याउने उदेश्यले गाउँपालिकाले वडा नं ७ काे राइथाेक, वडा नं २ काे चैनपुर र वडा नं ४ काे थप्रेकमा डस्टवीन वितरण गरेकाे हाे ।

    तीन वडामा १ सय २५ थान डस्टवीन वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयाे । मानव जीवनमा सरसफाई अति आवश्यक रहेकाे र गाउँपालिकालाई नै सरसफाईमा नमूना बनाउने उदेश्य अनुरुप विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइएकाे श्रेष्ठले बताउनुभयाे ।

    विश्वभर फैलिएकाे काेराेना भाइरसले ऋषिङ गाउँपालिकालाई नै प्रभावित बनाएकाे र यसबाट बच्न सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा श्रेष्ठले जाेड दिनुभयाे ।