भारतमा एकै दिन हालसम्मकै धेरै ७६ हजार संक्रमित, एक हजार २३ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा एकै दिन हालसम्मकै धेरै ७६ हजार संक्रमित, एक हजार २३ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७७, बिहीबार

    नयाँदिल्ली : भारतमा एकै दिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् ।

    योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    कुल सङ्क्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ ।

    प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना सङ्क्रमित भएका छन् । –एएनआई