‘तीन महिनादेखि चलिरहेको थियो कालो जादू, सुशान्तलाई मारिदिन्छन् भन्ने थाहै भएन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘तीन महिनादेखि चलिरहेको थियो कालो जादू, सुशान्तलाई मारिदिन्छन् भन्ने थाहै भएन’

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, बिहीबार

    एजेन्सी : सुशान्त सिंह राजपुतको मृत्युको विषयमा भइरहेको अनुसन्धानमा रिया चक्रवर्ती र उनको परिवारमाथि संकट बढ्दै गएको छ । एक्सटोर्सन डिपार्टमेन्ट, सीआइबी र अहिले नारकोटिक्स कन्ट्रोल ब्यूरोले समेत छुट्टाछुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएका छन् । इडीले रियाका पितालाई हाजिर हुन आदेश दिँदै केही दस्तावेजसमेत मगाएको छ । यही बीच आज रियाका पिता इन्द्रजितले मिडियाका प्रश्नको सामना गर्नुपर्यो । प्रश्न सुनेर उनी केही विषयमा रिसाएका पनि थिए । यसका अलावा आजै दुई महिलाले रियाको सोसाइटीमा पसेर निकै हंगामा गरेका छन् ।

    ती दुई महिलाले चक्रवर्ती परिवारमाथि कालो जादू गरेको आरोप लगाएको भारतीय मिडियाले लेखेका छन् । यी दुवै महिला खारका स्थानी वासिन्दा भएको बताइएको छ । उनीहरु रिया बस्ने बिल्डिङमा पसेर रियाकी आमामाथि कालो जादूको आरोप लगाउन थालेका थिए । उनीहरुले रियाको परिवारमाथि आक्रमण पनि गरेपछि निकै हंगामा भएको थियो । केही समयको विवादपछि सुरक्षागार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।

    महिलाहरुका अनुसार रियाकी आमाले सेतो धुलो प्रयोग गर्थिन् । उनीहरुले सुशान्तमाथि ३ महिनासम्म कालो जादू भएको दावी गरे । उनीहरुले कालो जादूको कुरा सुशान्तको घरमा काम गर्ने महिला र छिमेकीबाट थाहा पाएको बताएका छन् । महिलाहरुले आफूहरुलाई सुशान्तलाई यसरी कालो जादू गरेर मार्छन भन्ने थाहा नभएको बताए । कालो जादूबारे थाहा भएर पनि पुलिसकहाँ नगएको बारे प्रश्न सोध्दा उनीहरुले आफूहरुलाई मुम्बइ पुलिसमाथि विश्वास नभएको बताएका थिए ।