विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    एजेन्सी : विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् । 

    वल्ड्रोमिटरका अनुसार अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ जना निको भएका छन् । 

    विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ । 

    ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् । भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्,एक हजार १९ जनाको ज्यान गएको छ ।