धेरै ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रोमा उक्लियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    धेरै ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रोमा उक्लियो

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    नयाँ दिल्ली : कोरोना भाइरस संक्रमितको मृत्यु हुने मुलुकहरुको सूचीमा भारत एक कदम माथि उक्लिएको छ शुक्रवार मेक्सिकोलाई उछिन्दै भारत धेरै संक्रमितको मृत्यु हुने मुलुकको सूचीमा तेस्रो स्थानमा पुगेको हो। लगातार तेस्रो दिन ७६ हजार भन्दा बढी संक्रमितको पहिचान भएको भारतमा लगातार चौथो दिन १ हजार भन्दा बढी मानिसले संक्रमणकै बीच ज्यान गुमाए।

    १ हजार १५ जनाले शुक्रवार भारतमा ज्यान गुमाएपछि त्यहाँ मर्नेहरुको संख्या ६२ हजार ६ सय ३५ पुगेको छ। म्याक्सिकोमा मृत्यु हुने संक्रमितको संख्या ६२ हजार ५ सय ९४ रहँदा भारतले उसलाई उछिनेको हो। यससँगै भारत कोरोनाको कहरबाट सबैभन्दा खराब अवस्था झेलिरहेको मुलुकको तेस्रो स्थानमा रहेको छ, संक्रमित संख्या र मृत्यु हुनेको संख्या दुवैमा।

    अमेरिका यो सूचीमा पहिलो स्थानमा छ जहाँ अहिलेसम्म १ लाख ८५ हजार २ सय ७२ जनाले ज्यान गुमाइसकेका छन्। ब्राजिल दोस्रो स्थानमा छ। त्यहाँ पनि १ लाख १८ हजार ९ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्।

    शीर्ष सूचीमा रहेका दुई मुलुकभन्दा भारतमा संक्रमितको मृत्यु दर भने केही कम छ। भारतमा कूल संक्रमितको मृत्युदर १.८ प्रतिशत रहेको छ।

    भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ५७ हजार ७ सय २० पार भएको छ।