तनहुँ : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे प्रस्तुतीमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएकाे छ। कोरोनाका कारण सर्वसाधारणकाे जनजीवनमा परेकाे प्रभावलाई लघुकथा मार्फत सार्वजनिक गरिएकाे हाे ।
आकाश अधिकारीकाे कथा रहेकाे लघु चलचित्र ‘कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पाैडेल (रामु) लगायतका कलाकारकाे भुमिका रहेकाे छ। काेपिला सुनारकाे छायांकन र भिडियो छायांकन रहेकाे चलचित्रकाे निर्देशन समुन्द्र पाैडेलले गर्नुभएकाे हाे ।
कोरोनाका कारण पत्रिका वितरककाे परिवारमा देखा परेको अवस्थालाई लघु चलचित्रमा उतारिएकाे लघुचलचित्रका लेखक आकाश अधिकारीले जानकारी दिनुभयाे । “काेरोनाले सबै वर्गलाइ समस्या पारेकाे अवस्था छ,” उहाँले भन्नुभयाे, “यही अवस्थामा पत्रिका वितरण गर्ने व्यक्ति र उनको परिवारकाे कथावस्तुलाई समेट्न खाेजेका हाै ।”
लघु चलचित्रमा काेरोनाले पारेकाे प्रभावलाई उतार्ने प्रयास गरेकाे निर्देशक पाै डेलले बताउनुभयाे । “काेरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै वर्गलाई समस्या पारेकाे छ,” उहाँले भन्नुभयाे, “यही विषयवस्तुलाई चलचित्रमा समेटेका हाै ।”
पछिल्लो समय तनहुँमा म्यूजिक भिडियो, लघु चलचित्र निर्माण हुन थालेपछि स्थानीय कलाकारहरूले समेत कलाकारितामा अवसर पाउन थालेका छन ।