झाडापखालाले वडाध्यक्षका परिवार बिरामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    झाडापखालाले वडाध्यक्षका परिवार बिरामी

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, आईतवार

    तनहुँ : झाडापखालाले तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङ सहित उहाँका परिवार झाडापखालाले बिरामी पर्नुभएको छ । शनिबारदेखि वडाध्यक्ष गुरुङ सहित उहाँका श्रीमती र छोराछोरी बिरामी पर्नुभएको हो ।

    आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा बसोबास गर्दै आउनुभएका उहाँका परिवारलाई शनिबारदेखि झाडापखाला लागेको हो । “छिमेकीहरुलाई दुई÷तीन दिनदेखि झाडापखाला लागेको थियो, हाम्रो परिवारलाई पनि हिजोबाट शुरु भयो,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “के कारणले भयो भन्ने चाँही थाहा भएको छैन ।” छिमेकीहरुको भने शनिबारदेखि नै स्वास्थ्य सुधार भइसकेको र आफ्नो परिवारको सुधार हुने क्रममा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले आफूले पनि यस बारेमा आज बिहान मात्रै जानकारी पाएको बताउनुभयो । “स्वास्थ्यको टोली त्यसतर्फ गइसकेको छ, त्यसपछि मात्रै विस्तृत थाहा हुन्छ,” उहाँले भन्नुभयो ।