आँबुखैरेनीमा लकडाउन खुकुलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा लकडाउन खुकुलो

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस नियन्त्रण समितिको बैठकले सोमबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाका अनुसार अत्यावश्यक सेवाहरु साविक बमाेजिम नै सञ्चालत हुने तर उद्योग, व्यवसाय, बैङ्क तथा वित्तीय संस्था बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । त्यस्तै सवारी साधनको हकमा तीन पाङ्ग्रे अटो रिक्सामा दुई जना र चार पाङ्ग्रे म्याजिकमा ६ जना यात्रुहरु राखी चलाउने, निजी, सवारी साधन मोटरसाइकल तथा स्कूटरको हकमा एक जना मात्र सवार गर्नुपर्ने निर्णय गरिएको छ ।

    तर चलचित्र मन्दिर, जिमहल, शैलुन, व्युटीपार्लर, पुल हाउस, समूहमा खेलिने खेल जस्ता खेलहरु, मठ मन्दिर आदि भने अर्को निर्णय नभएसम्मका लागि बन्द रहनेछन् । गाउँपालिकाले भदौ १ गतेदेखि १४ गतेसम्म लकडाउन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।