लद्दाखमा भारत-चीनबीच फेरि तनाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    लद्दाखमा भारत-चीनबीच फेरि तनाव

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, सोमबार

    एजेन्सी : लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ ।

    पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’ उसका अनुसार यो झडप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ । त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका थिए ।