रहनुभएन भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    रहनुभएन भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार


    एजेन्सी : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बन्नुभएका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उहाँकाे मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

    गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उहाँलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उहाँका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गर्नुभएकाे छ ।

    उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थयाे । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री रहनुभएकाे थियाे ।