९० प्रतिशत देशको स्वास्थ्य सिस्टम प्रभावित भयो : स्वास्थ्य सङ्गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    ९० प्रतिशत देशको स्वास्थ्य सिस्टम प्रभावित भयो : स्वास्थ्य सङ्गठन

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले  कोरोना भाइरसका कारण विश्वका प्रायः स्वास्थ्य सिस्टम प्रभावित बनेको बताएको छ। गत मार्चदेखि जूनको डेटामा रहेर गरिएको सर्वे अनुसार स्वास्थ्य अवस्था निकै प्रभावित बनेको निस्कर्ष निकालिएको हो।

    महामारीका कारण क्यान्सरको उपचार जस्ता ‘क्रिटिकल केयर’ मा नराम्ररी असर परेको छ। मध्यम र कम आय भएका देशले निकै समस्या सामना गर्नु परेको डब्ल्यूएचओकाे निष्कर्ष छ। आधाभन्दा धेरै देशमा गर्भनिरोध र परिवार प्लान (६८ प्रतिशत),  मानसिक स्वास्थ्यसँग जोडिएको समस्याको उपचार (६१ प्रतिशत) र क्यान्सरको उपचार (५५ प्रतिशत) प्रभावित बनेको छ।
     
    एक चौथाई देशमा जीवनरक्षक आपतकालीन सेवा पनि प्रभावित बनेका छन्।