प्रदेश १ का मन्त्रीलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    प्रदेश १ का मन्त्रीलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडौ : प्रदेश-१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्री घिमिरेले आफूलाई संक्रमण पुष्टि भएको बताउनुभएको छ ।

    ‘मैले सोमबार बिहान मात्र स्वाब परीक्षण गराएको थिए। राति साढे ९ बजेतिर पोजेटिभ देखियो भनेर खबर पाएँ,’ उहॉले भन्नुभयो ।

    मन्त्री घिमिरेले आफूलाई आइतबार बिहानबाट पखला चलेको भन्दै पछि ज्वरो पनि सुरु भएपछि संक्रमणको आशंकामा परीक्षण गराएको बताउनुभयो । उहॉको प्रदेश प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो।

    आफू अहिले मन्त्री क्वाटरमै होम आइसोलेसनमा बसेको जानकारी दिनुभयो । ‘म होम आइसोलेसनमै बस्छु। अलिक गाह्रो भयो भने मात्र अस्पताल जान्छु,’ उहॉले भन्नुभयो ।

    मन्त्री घिमिरेले आफू गत शनिबार धनकुटामा जिल्ला समन्वय समितिको एक कार्यक्रममा सहभागी भएको जनाउनुभयो । उहॉले उक्त कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेशका माननीय, प्रमुख जिल्ला अधिकारी, धनकुटा नगरपालिकाका मेयर लगायत प्रतिनिधिको उपस्थिति रहेको जानकारी दिनुभयो ।