चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८१, शुक्रबार

    सुनसरी ।  यहाँको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए।

    शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ। अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते हुनुभएको थियो। उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।