कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बुधबार

    काठमाडौं : विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४८ हजार नाघेको छ । 

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ४८ हजार २५५ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको तथ्यांकमा उल्लेख छ ।