निशान भट्टराई र सोनिका लामाको ‘आटोपिठो’ मा एलिजा-पलको जोडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    निशान भट्टराई र सोनिका लामाको ‘आटोपिठो’ मा एलिजा-पलको जोडी

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    काठमाडाै : गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ।

    भिडिओ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। यसमा राम कुमार केसीको सिनेमाटोग्राफी छ। भिडिओको प्रस्तुति गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको हो।

    लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव गीतले व्यक्त गरेको छ। ‘आँटो-पिठो’ सोमबार युट्युब च्यानल ‘लाइमलाइट नेपाल’ मार्फत सार्वजनिक गरिएको हो।