भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ६८ हजार पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ६८ हजार पुग्यो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : भारतमा कोरोनाभाइरसको संक्रमण दर र मृतकको संख्या बढिरहेको छ। बिहीबार मात्रै त्यहाँ ८४ हजार १५६ जना नयाँ संक्रमित भेटिएका छन्। यो सँगै भारतमा संक्रमितको कुल संख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ।

    कुल संक्रमितमध्ये हालसम्म ३० लाख ३४ हजार ८८७ जना संक्रमणमुक्त भइसकेका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ। हिजो मात्र त्यहाँ संक्रमणबाट १ हजार ८३ जनाको ज्यान गएको थियो।

    भारतमा कोरोनाबाट भएको मृत्युमध्ये आन्ध्र प्रदेश, दिल्ली, कर्नाटक, तमिलनाडु र महाराष्ट्रमा गरी ७० प्रतिशत रहेको त्यहाँको सरकारी आँकडाले देखाएको छ।

    कुल संक्रमितमध्ये भारतमा सक्रिय संक्रमित ८ लाख २९ हजार ६६८ जनाको उपचार चलिरहेको छ। तीमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ।