विश्वमा कोभिड-१९ : ६९ लाख सक्रिय संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वमा कोभिड-१९ : ६९ लाख सक्रिय संक्रमित

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : काेभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ६४ लाख ५६ हजार ८०६ पुगेको छ।   पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार ६ जना संक्रमित थपिएका हुन्। 

    वर्ल्डोमिटरका अनुसार हालसम्म एक करोड ८६ लाख ४६ हजार २९२ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ६९ लाख ३८ हजार २३ छ।  यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या आठ लाख ७२ हजार ४९१ पुगेकाे छ।  पछिल्लाे २४ घण्टामा थप पाँच हजार ८६९ जनाकाे मृत्यु भएकाे हाे।