पर्सा र बारामा ४५ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    पर्सा र बारामा ४५ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शुक्रबार

    वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।

    बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् ।

    संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ ।

    वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं. ९, १०, ११, १४ र २२ मा २÷२ जना र वडा नं. ८, १५ र २१ मा १÷१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये १ जनाको ठेगाना खुलेको छैन ।

    पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा २ जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ मा २ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

    बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यसैगरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

    यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।